राजनीति


सरकारले दमन गर्‍यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि

सरकारले दमन गर्‍यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार १६:३८, काठमाडौँ

जेनजी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। शनिबारमाईतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेनजी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन्। 

शनिबार अपरान्ह उनीहरुले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकतावद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्। सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेनजी प्रतिनिधि मञ्जना राईले बताए। उनले जेनजीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरे।

राईले भने, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौं। हामी पछि हट्ने छैनौं यही चेतावनी दिन चाहन्छौं। थुनिएका साथीहरू रिहाई नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौं।’ 

जेनजी प्रतिनिधिहरुले सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी समेत दिएका छन्। भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे।

उनले भने, ‘हामीलाई युनिफाईड पनि हुन नदिने। यो कस्तो सरकार हो? युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने? अब अहँ हुँदैन। जे जे गर्नुपर्छ, हाम्रो मागहरु छिटो पूरा हुनुपर्छ। सरकारले केही गर्दैन, हाम्रो साथीहरुलाई यसरी दमन गरिन्छ भने हामी सहदैनौं। अझ कहाँ कहाँ जाने हो, गर्ने हो। त्यही भएर आज हामी यही गर्दैछौं हाम्रो युनिफिकेसन क्याम्पियन जवसम्म पूरा हुँदैन, जे जे गर्नुपर्छ लाग्ने हो। सबैले आफ्नो सबै कुरा छोडेर युनिफाईड हुनुपर्छ देशका लागि।’

जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाई थियो। उनले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad