ad ad

राजनीति


प्रदेशमा २ मा क्वारेन्टिनको बिस्तार, लकडाउन कडा बनाइने

प्रदेशमा २ मा क्वारेन्टिनको बिस्तार, लकडाउन कडा बनाइने

शैलेन्द्र महतो
बैशाख ३१, २०७७ बुधबार १५:३३,

प्रदेशमा कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि भएपछी प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सीमामा थप कडाई गर्ने, सिमापारिको ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचार प्रसार लाई तिब्र बनाउने सहितको निर्णय गरेको छ।

बैठकले सिीमा पारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आबश्यक कार्यबिधी बनाई दिन संघ सरकारलाई आग्रह गर्ने र उनी हरुलाई स्वदेश ल्याउनु पर्ने अबस्थाका लागि प्रत्येक जिल्लामा थप तीन।तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले बताए।

यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणका लागि संघ सरकारसँग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ।

बैठकमा प्रमुख सचिव अर्जुन पोखरेल, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .