नेपाली सेनाले सेना तथा सैनिक नेतृत्वबारे विभिन्न भ्रामक टिप्पणी भइरहेको भन्दै अराजक गतिविधिको नियमित निगरानी गरिरहेको जनाएको छ।
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसारण भएका तथ्यहीन सूचना एवम् अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सेनाले त्यस्ता भ्रामक सामग्रीहरू प्रसारण नगर्न/नगराउनु हुन अनुरोध गरेको छ।
सेनाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने चेतावनी दिएको छ।
आम जनमानसमा यस किसिमका आधारहीन र द्वेषपूर्ण समाचार तथा टिका टिप्पणीहरूलाई विश्वास नगर्न आग्रह गर्दै सेनाले आधिकारिक सूचनाको लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र वेबसाइटमा सम्प्रेषण गरिएका सूचनाका साथै जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न अपील गरेको छ।

Shares

प्रतिक्रिया