एमाले सांसद राजेन्द्र राईले बाँदर आतंकले गाउँमा नागरिक बस्नै नसक्ने अवस्था सिर्जना हुँदा पनि सरकारले बेवास्ता गरेको बताएका छन्।
बिहीबार संसद् बैठकमा बोल्दै उनले बाँदर आतंक नियन्त्रण गर्न सरकारसँग माग गरे।
‘आज धनकुटा नगरपालिका- ९ की सुनिता राईले मलाई फोन गरेर घरको बार्दलीमा सुकाएका बच्चाको लुगासमेत बाँदरले लगेको, भात खान पनि नदिएको गुनासो गर्नुभयो,’ उनले भने, ‘उहाँलाई मैले कुनै जवाफ दिन सकिनँ। बाँदर आतंकको विषयमा सरकार गम्भीर बनोस्।’
सांसद राईले बाँदरकै कारण नागरिकले गाउँ छाड्नुपर्ने अवस्था सिर्जना भएको बताए।
‘बाँदरले बसाइँ उठाइसक्यो। जनताको लागि ठूलो समस्या बन्यो बाँदर,’ उनले भने, ‘बाँदरको समस्या सात दिनभित्रमा समाधान भएन भने यो सदन चल्न गाह्रो हुन्छ।’
240
Shares

प्रतिक्रिया