राजनीति


अहिले सरकार परिवर्तन मधेसका लागि दुर्भाग्य हुन्छ: मुख्यमन्त्री यादव

अहिले सरकार परिवर्तन मधेसका लागि दुर्भाग्य हुन्छ: मुख्यमन्त्री यादव

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १६:४१, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। 

सोमबार जनकपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा मुख्यमन्त्री यादवले सरकार परिवर्तन नहुने बताएका हुन्। बजेट ल्याउने बेलामा मधेस प्रदेशका कुनै पनि सांसदले सरकार परिवर्तन गर्ने कुरा सोच्न पनि नसक्ने उनको भनाइ थियो। 

‘मलाई विश्वास छ- यो सरकार अगाडि बढ्दै छ र अहिलेको परिवेशमा यो बजेट सञ्चालनको पीक आवर हो। बजेट बनाउने पूर्वसन्ध्यामा हामी छौँ। यसमा कसैले सरकार परिवर्तन गर्ने मनसाय बनाएको रहेछ भने यो प्रदेशको लागि दुर्भाग्य हुन्छ,’ उनले भने। 

अहिले कुनै पनि दलका नेता र सांसद सरकार परिवर्तनमा नलाग्ने उनको भनाइ थियो। ‘सबै दलका नेता सजग छन्। दलका सांसद मित्रहरू सबै सचेत हुनुहुन्छ। सरकार परिवर्तनमा उहाँहरू लाग्नुहुन्न। त्यो पक्का हो,’ यादवले भने। 

मुख्यमन्त्री यादवले सबै दल सरकार परिवर्तन गर्न नहुने अडानमा रहेको पनि उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad