ad ad

समाज


काठमाडौँमा आज रातिदेखि अत्यावश्यक बाहेकका सबै सबारीमा जोर-बिजोर

काठमाडौँमा आज रातिदेखि अत्यावश्यक बाहेकका सबै सबारीमा जोर-बिजोर

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ८:२४, काठमाडौँ

काठमाडौं उपत्यकामा चल्ने सबारी साधनमा आज (शुक्रबार) रातिदेखि जोरबिजोर प्रणाली लागू हुँदैछ। 

आज राति १२ बजेदेखि उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा मात्रै सबारी चलाउन पाइने स्थानीय प्रशासनले जनाएको छ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका हुन्।

बिहीबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो आदेश जारी गरेको हो। 

आदेश अनुसार शुक्रबार राति १२ बजेबाट यातायातमा जोरबिजोर लागू हुँदैछ। अब जोर गते जोर नम्बर भएका सवारी मात्रै र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुनेछन्। 

यो नियम निजी र सार्वजनिक यातायातका साधनमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ। दुई पांग्रे सबारी साधनसहित सबै सबारी साधनमा यो नियम लागू हुने प्रशासनले जनाएको छ।

औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन।

त्यसैगरी सार्वजनिक गाडीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र गाडीभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम पनि लागू भएको छ।

उपत्यकामा थप कडाइ, यातायातमा जोर बिजोर लागू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .