ad ad

समाज


मेडिकल शिक्षाका नक्कली परीक्षार्थी र बिचौलिया तीन भारतीय पक्राउ

मेडिकल शिक्षाका नक्कली परीक्षार्थी र बिचौलिया तीन भारतीय पक्राउ

नेपालखबर
माघ ९, २०७८ आइतबार १७:४२, काठमाडौँ

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन्।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नक्कली परीक्षार्थी जितेन्द्र र बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका–८ एलआरआई स्कुल कलंकीबाट र परीक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्याङ काठमाडौंबाट पक्राउ गरेको हो।

उनीहरूउपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .