काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान तीव्र पारेको छ।
दुई दिनअघि बानेश्वर प्लाजाबाट थालिएको अभियानलाई महानगरले बुधबार काठमाडौं मलअगाडिको संरचना भत्काएर निरन्तरता दियो।
सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर बालेन शाह खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगे।
त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन शाहले निर्देशन दिएका छन्।
पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली नगरिए भत्काएर हटाउने चेतावनीसहित उनी त्यहाँबाट फर्किएका छन्।
भदौ ८, २०७९, बुधबार
822
Shares
प्रतिक्रिया