ad ad

समाज


काठमाडौं मलपछि आरबी कम्प्लेक्सको पनि अवैध संरचना भत्काइयो

काठमाडौं मलपछि आरबी कम्प्लेक्सको पनि अवैध संरचना भत्काइयो

खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अवधै संरचना भत्काइँदै। तस्बिर : विशाल कार्की/नेपालखबर


विशाल कार्की
भदौ ८, २०७९ बुधबार १३:१३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान तीव्र पारेको छ।

दुई दिनअघि बानेश्वर प्लाजाबाट थालिएको अभियानलाई महानगरले बुधबार काठमाडौं मलअगाडिको संरचना भत्काएर निरन्तरता दियो।

सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर बालेन शाह खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगे। 

त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन शाहले निर्देशन दिएका छन्। 

पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली नगरिए भत्काएर हटाउने चेतावनीसहित उनी त्यहाँबाट फर्किएका छन्। 

मेयर शाहको निर्देशनसँगै त्यहाँ बनाइएका अन्य संरचना पनि महानगरको टोलीले भत्काएको छ।

नक्सा पासबिना बनाइएका अन्य टहरा र संरचना महानगरको डोजरले भत्काएर खाली गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .