पोखरामा आइतबार बिहान दुर्घटनामा परेको जहाज वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए।
कमलले अन्जुलाई गाइड गरिरहेका थिए र मुख्य भूमिकामा थिइन् अन्जु।
प्रशिक्षणका रुपमा उनको यो अन्तिम उडान थियो। यसअघि अन्जुले पाइलट बन्नका लागि गर्नु पर्ने सबै विमानस्थलमा उडान पूरा गरेकी थिइन्।
अन्तिम उडान भएकाले यो उडान सफल भएको भए उनी क्याप्टेन बन्ने पक्का थियो। क्याप्टेन बन्नैका लागि उनी वरिष्ठ क्याप्टेन तथा प्रशिक्षक केसीसँग पाेखराको उडानमा गएकी थिइन्।
क्याप्टेन केसीले नेपाल वायुसेवा निगमको जहाज पनि उडान गरेका थिए। केसीसँग क्याप्टेन अनुभव ३५ वर्ष लामो थियो। उनले यसअघि नै पनि धेरै पाइलटलाई क्याप्टेनका लागि प्रशिक्षण दिएका छन्।
अन्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्। क्याप्टेन बन्नका लागि प्रशिक्षकसँग कम्तिमा एकसय घण्टा उडान भरेको हुनुपर्छ।
प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले आज अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। काठमाडौंदेखि नै अन्जुलाई कमलले देब्रेतर्फको जिम्मा दिएका थिए। जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले मुख्य भूमिका नै यो उडानमा अन्जुले सम्हालेकी थिइन्। अन्जुले क्याप्टेन क्लियरेन्सको प्रमाण पत्र पाउने त्यही उडान दुर्घटनामा पर्यो।
यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरा विमानस्थल नजिकै सेती खोचमा दुर्टघनामा परेको हो।
विमानमा चालक दलका चार सहित ७२ जना सवार थिए। विमानमा एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर थिए भने ५३ जना नेपाली, १५ जना विदेशी सवार थिए।
विदेशी नागरिकमा पाँचजना भारतीय, रुसका चारजना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना सवार थिए।
१५ दिन अघि मात्रै उडान सुरु भएको अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उडानको समयमा मौसमको कुनै समस्या थिएन। धमाधम उडान भइरहेका थिए। र सो जहाज पनि बिहान काठमाडौंबाट पोखरा पुगेर फर्किएको थियो। पोखराकै लागि यो दोस्रो उडान थियो।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाजलाई अवतरणका अनुमति दिइसकेको थियो। सबै कुरा ठिक ठाकै हुँदा पनि विमान के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान हुने ठाकुरले बताए।
सरकारले विमान दुर्घटना छानविन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइसकेको छ।
-
तेस्रो उडानका क्रममा दुर्घटनामा पर्यो यतीको जहाज
-
विमानमा लागेको आगो नियन्त्रणमा, २९ जनाको शव गण्डकी अस्पतालमा लगियो
-
दुर्घटनाअघिको दृश्य : यतिको जहाज आकाशमै अस्वभाविक कोल्टिएर खस्यो (भिडिओ)
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजका सबै उडान स्थगित
-
‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’
-
विमान दुर्घटना : यसरी हुँदैछ उद्धार (तस्बिरहरू)
-
पोखरामा दुर्घटनाग्रस्त यतिको जहाजमा थिइन् गायिका निरा छन्त्याल
-
सेनाका २ हेलिकप्टरमा चिकित्सकसहितको टोली पोखरा पठाउने तयारी
-
यती एयरलाइन्सको विमानमा परेका यी हुन् ४ क्रु मेम्बर
-
जहाज दुर्घटनापछि बालुवाटारमा मन्त्रिपरिषद्को आकष्मिक बैठक
-
दुर्घटनाग्रस्त विमानमा थिए ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती
-
नयाँ विमानस्थल उद्घाटन भएको १५ दिनमै पोखरामा विमान दुर्घटना
-
‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’
प्रतिक्रिया