समाज


नेपाल प्रहरीका सइ ललित कुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल प्रहरीका सइ ललित कुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस ११, २०८१ बिहिबार १६:२३, काठमाडौँ

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता नरहरि घिमिरेले बताए।

सइ बुढाथोकीले सवारी साधनलाई आवत जावत गर्न सहजीकरण गरिदिए वापत घुस लिएको अख्तियारको दाबी छ।

आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीबाट २५  हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad