गत वर्षको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै धसिएको पृथ्वी राजमार्गको कृष्णभिरको सडक मर्मत थालिएको छ। सो सडकको करिब १०० मिटर लामो क्षेत्रमा दुई मिटर चौडा सडक ५० सेन्टिमिटर धसिएको थियो।
सडक विभागका इञ्जिनियर एवं विज्ञहरूको टोलीले अध्ययन गरेर मर्मतको काम थालिएको हो। वर्षात्को पानी छिरेर सडक धसिएको विज्ञहरूले जनाएको उहाँले जानकारी दिनुभयो। नदीले कटान गरेर धसिएको हुनसक्ने अनुमान गरिएको भए पनि विज्ञहरूले पानी छिरेर धसिएको प्रतिवेदन दिएका थिए। यसलाई माइक्रोपाइलिङ र होरिजेन्टल रक एङ्करिङ प्रविधिबाट मर्मत गरिँदै छ।
सो काम सम्पन्न भएसँगै नदीले खोलेको तलको भागको अध्ययन गरी मर्मतको काम गरिने नेपालले जानकारी दिनुभयो। सोही समयमा धसिएको सडकको फेदमा त्रिशूली नदीको बहावले खोलेको छ।
सोही क्षेत्रमा विसं २०५६ देखि लगातार वर्षातको समयमा पहिरो गएपछि विसं २०६४ मा पहिरो रोकथामको काम सकिएको थियो। बायो इञ्जिनियरिङ र टेवा पर्खाल प्रविधिबाट पहिरो रोकिएको थियो। त्यसपछि यस क्षेत्रमा बाढी पहिरोबाट समस्या भएको थिएन।
264
Shares

प्रतिक्रिया