नेपाल सरकारको मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकास हुने भएका छन्। एकनारायणले करिव १५ महिना मुख्यसचिवको रुपमा काम गरे।
मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए। तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन्। अर्याल २०७७ माघ १९ गते सभिवमा बढुवा भएका थिए। सचिवको पदावधि सकिनु साढे २ महिना पहिले मुख्यसचिव बनेका हुन्।
648
Shares

प्रतिक्रिया