स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको जनाएको छ।
सोमबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गरी प्रस्टीकरण दिएका हुन्। मन्त्रालयले गठन गरेको छानबिन समितिले छानबिन गर्दा दुरुपयोग भएको नदेखिएको अधिकारीले जनाएका छन्।
‘समितिले जलेका सवारी साधन सम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरण लगायतका सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारी साधानका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको बेहोर सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

30
Shares

प्रतिक्रिया