आज काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने थोरै सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकाका एक-दुई स्थानमा हल्का पानी पर्ने सम्भावना ३० प्रतिशत छ।
अहिले बिहान भने काठमाडौँ उपत्यकाको मौसम सफा रहेको उनले बताए।
‘यतिबेला काठमाडौँको मौसम राम्रो छ। भिजिबिलिटी पनि ७ हजार मिटर छ’, मौसमविद् ढकालले नेपालखबरसँग भने।
यस्तै आज बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस छ।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ अथवा यही कायम रहन पनि सक्छ।
देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन प्रकाशन गर्नेछ।
Shares

प्रतिक्रिया