समाज


स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार ११:४, काठमाडौँ

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्रेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जोशीलाई सोमबार काठमाडौँ-२ स्थित खुर्सानीटारस्थित उनकै घरबाट गिरफ्तार गरेको हो। 

ठगी र आपराधिक विश्वाघातको अभियोगमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमले २०७० वैशाखमा अनुमति पाएको थियो। तर अनुमतिपत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो।

यसपछि टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र सञ्जाल स्वतः प्राधिकरणको स्वामित्वमा जानु पर्ने थियो।

लाइसेन्स खारेजीपछि स्मार्ट टेलिकमको व्यवस्थापनका लागि सरकारले नियमावली नै बनाएर प्राधिकरणमार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो।

जोशीले सरकारको भएका ती सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउन काम गराएको तथा ठगी आपराधिक विश्वासघात गरेको आरोप सीआईबीले लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad