समाज


काठमाडौँ उपत्यकामा आज पनि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ उपत्यकामा आज पनि मध्यमसम्म वर्षा हुने सम्भावना

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ७:२६, काठमाडौँ

आज (बिहीबार) पनि काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकाको मौसम बदली भइरहने सम्भावना छ। 

‘अहिले पनि काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ भने सुन्दरीजलसहित एक-दुई स्थानमा हल्का पानी परिरहेको देखिएको छ’, बिहीबार बिहान सवा ७ बजेतिर उनले नेपालखबरसँग भनिन्, ‘आज दिउँसो उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

मौसमविद् महजर्नका अनुसार निरन्तर वर्षा भइरहने होइन, बेलाबेला मौसम खुलेजस्तो हुने, फेरि बादल लाग्ने र पानी पर्ने, रोकिने, फेरि पर्ने क्रम जारी रहने देखिन्छ। 

देशभरको मौसम र वर्षाका विषयमा भने मौसम पूर्वानुमान महाशाखाले अहिले बिहान ८ बजे विस्तृत बुलेटिन जारी गर्नेछ। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ। 

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad