जेनजी आन्दोलनकी एकजना अगुवा तनुजा पाण्डेले वर्तमान सरकारले भूमिहीन तथा सुकुमबासी नागरिकप्रति देखाएको व्यवहार ठिक नभएको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जालमा उनले गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानामुनि बस्नेहरूलाई हुकुम्बासीको संज्ञा दिँदै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले डोजर चलाएकोप्रति पाण्डेले कटाक्ष गरेकी हुन्।
‘गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानोमा बस्ने हुकुम्बासी भए, सरकारी जग्गा हडपेर ३ तले घर बनाउने, सत्ता र पहुँचको आडमा निजी व्यापार चलाउने मन्त्रीरसांसद असली सुकुमबासी भए,’ उनले सामाजिक सञ्जालमा नवीन तिवारीको पोष्ट सेयर गर्दै भनेकी छन्, ‘त्यही भएर डोजर हुकुम्बासी बस्तीमा चलेको। न्यायपूर्ण, उत्तरदायी र मानवीय नेपालको शुभकामना!’

141
Shares

प्रतिक्रिया