समाज


विवाहका लागि साउन्ड सिस्टमको तार जोड्दा करेन्ट लागेर युवकको मृत्यु

विवाहका लागि साउन्ड सिस्टमको तार जोड्दा करेन्ट लागेर युवकको मृत्यु

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १७:४५, काठमाडौँ

धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

जनकनन्दिनी गाउँपालिका–५ उधाटोल बस्ने २५ वर्षीय अरबिन्द साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। 

घर नजिकै विवाहको लागि साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको धनुषा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad