ग्लोबल


मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क

मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १७:४६, काठमाडौँ

सिनेमाका सुपरस्टार सी जोसेफ विजय (थलपति विजय) ले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रुपमा सपथ लिएका छन्। चेन्नईस्थित नेहरु स्टेडियममा राज्यपाल राजेन्द्र अर्लेकरसँग विजय र अन्य नौ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मञ्चबाटै उनले आफ्नो पहिलो निर्णयमा हस्तार गरे। ‘राज्यका सबै घरधुरीलाई दुई सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराइनेछ’, उनले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ। महिला सुरक्षाका लागि लायनेस नामक कार्यक्रमको घोषणा गरेका छन्।

उनको शपथमा कांग्रेस नेता राहुल गान्धी उपस्थित थिए। मुख्यमन्त्री विजयले आफू साधारण मानिस भएको र झुटो आश्वसन नदिने बताए। ‘अघिल्लो सरकारले ढुकुटी रित्याएर गएको छ, म राज्यको वास्तविक आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्नेछु’, उनले भने। 

सन् १९७४ मा चेन्नईमा जन्मिएका जोसेफ विजय प्रसिद्ध निर्देशक एस.ए. चन्द्रशेखरका छोरा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad