भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको स¬ङ्ख्या ९३ पुगेको छ। तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्।
बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामति कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए।
घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिए।
बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।
Shares

प्रतिक्रिया