समाज


'काठमाडौँ उपत्यकामा थप वर्षा हुने सम्भावना उच्च'

'काठमाडौँ उपत्यकामा थप वर्षा हुने सम्भावना उच्च'

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार ७:७, काठमाडौँ

काठमाडौँ उपत्यकामा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (मंगलबार) दिनभर नै काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ।

'आज उपत्यकामा अझै वर्षा हुने सम्भावना उच्च छ', मौसमविद् बिनु महर्जनले नेपालखबरसँग भनिन्, 'हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।'

उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

'आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम छ', मौसमविद् महर्जनले भनिन्, 'कुनै बेला झुलुक्क घाम देखिए पनि फेरि बादल लाग्ने सम्भावना छ।'

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad