समाज


टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १९:५१, कर्णाली

सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ। भेरीगङ्गा नगरपालिका–२ कालापानीका २३ वर्षीय वलीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको कप्र ०२-००१ ख ०६४७ न को टिपरले पैदलयात्री वलीलाई बुधबार राति ठक्कर दिएपछि घाइतेका बुबा दलबहादुर वलीले उपचारका लागि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याएका थिए। 

उपचारका क्रममा आज प्रदेश अस्पताल सुर्खेतले वलीलाई मृतघोषणा गरेको छ। टिपर चालक वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई बुधबार घटनास्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad