कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो।
उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ।
बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ। बाघको महत्वपूर्ण अंगहरु दाह्रा, जुंगा, छाला र नंग्रा सुरक्षित रहेको जनाइएको छ। रासस

प्रतिक्रिया