फाइजर र बायोएनटेकले विकास गरेको कोभिड-१९ खोपको बिक्रीबाट सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी आम्दानी हुने भएको छ।
हालसम्मको मागअनुसार खोप बिक्री हुँदा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने कम्पनीले जनाएको छ। कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी छ। ‘आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रबल सम्भावना पनि छ,’ कम्पनीले भनेको छ।
फाइजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण वार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारी गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ।
फाइजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ। एजेन्सी

प्रतिक्रिया