यतिबेला (बुधबार साँझ) सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा मौसम आशिंकदेखि सामान्यसम्म बदली छ भने बाँकी पहाडी क्षेत्रमा आशिंक बदली छ।
देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। वर्षाको सम्भावना भने छैन।
तर बिहीबारदेखि भने देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने बुलेटिनमा उल्लेख छ।
हेर्नुहोस्, तीन दिनसम्मको मौसम अनुमान :
माघ २१ गते बुधबार
राती : सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आशिंकदेखि सामान्य बदली छ भने बाँकी पहाडी भूभागमा आशिंक बदली साथै अन्य भूभागमा मौसम सामान्यतया सफा छ। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
माघ २२ गते बिहीबार
दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ।
राती : देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
माघ २३ गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना साथै तराईका भूभागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
Shares

प्रतिक्रिया