गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या २ सय ४५ पुगेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान साढे ११ बजेसम्म थप चार जनाको मृत्युसँगै कुल मृत्यु संख्या २ सय ४५ पुगेको हो।
थप मृतकमध्ये पर्वत जलजला गाउँपालिका ३ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको २३ गते होम आइसोलेसनमै मृत्यु भएको हो। उनलाई हिजो नै संक्रमण पुष्टि भएको थियो।
त्यस्तै पर्वतकै कुश्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुषको पनि बिहीबार दिउँसो २ः३० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई यही वैशाख १३ मा कोरोना पुष्टि भएको थियो।
यता तनहुँको व्यास नगरपालिका १ की ६० वर्षीय कोरोना संक्रमित महिलाको बिहीबार बेलुका ६ः५० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो।
कास्की पोखरा महानगरपालिका २५ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति १ः३५ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ। उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो।
Shares

प्रतिक्रिया