ad ad

समाज


टाइगर राना मगर पक्राउ, प्रचण्डको फोटोमा भारतीय आधारकार्ड बनाएको आरोप

टाइगर राना मगर पक्राउ, प्रचण्डको फोटोमा भारतीय आधारकार्ड बनाएको आरोप

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १५:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे भ्रमपूर्ण कुरा लेखेको भन्दै प्रहरीले एकजनालाई रुपन्देहीको देवदहाबाट पक्राउ गरेको छ।

प्रचण्ड र स्वर्गीय पत्नी सीताको तस्बिर फेसबुकमा राखेर दुष्प्रचार गरेको अभियोगमा रुपन्देहीको देवदह नगरपालिका-८ निवासी शेरबहादुर राना मगर पक्राउ परेका हुन्। 

सामाजिक सञ्जालमा उनी टाइगर राना मगर नामले चर्चित छन्। उनी नेकपा माओवादी केन्द्रका कट्टरविरोधीका रुपमा परिचित छन्।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुटवलको देवीनगरबाट आइतबार पक्राउ गरेको हो। 

बालुवाटारमा प्रचण्डले सीतालाई श्रद्धाञ्जली दिइरहेको तस्बिर राखेर मगरले जनयुद्धकालीन घटनालाई जोड्दै तिखो आलोचना गरेका थिए।

उनले उक्त तस्बिरमार्फत प्रचण्डलाई ‘आतंककारी’को संज्ञा दिँदै मानवताको पाठ नसिकाउन पनि भनेका थिए। 

 रानालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जानकारी इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

रुपन्देहीमा पक्राउ परेका मगरविरुद्ध मुद्दा चलाउन काठमाडौं पठाइएको थापाले बताए। 

रानामाथि प्रधानमन्त्री प्रचण्डको फोटो राखेर भारतीय आधार कार्ड बनाइ प्रचार गरेको आरोप पनि लगाइएको छ। केही दिनयता भारत सरकारले जारी गर्ने प्रचण्डको फोटोसहितको आधारकार्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .