तनहुँको शुक्लागण्डकीमा एक युवकमाथि निर्धात कुटपिट भएको छ। कुटपिटबाट ती युवक गम्भीर घाइते भएका छन्।
शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौंडास्थित हेल्थपोष्ट चोक नजिकै स्थानीय २५ वर्षीय दिपेश न्यौपानेमाथि कुटपिट भएको हो।
कुटपिटमा संलग्न दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पक्राउ पर्नेमा शुक्ला गण्डकी-३ दुलेगौंडाका २६ वर्षीय कुमार लामा र २९ वर्षीय निशान पौडेल रहेका छन्।
सामान्य विवादकै क्रममालशुक्रबार निर्घात कुटपिट भएका न्यौपालेलाई सुरुमा जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र झरौटा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि उनलाई पश्चिम क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न दुई युवक इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा छन्।
Shares

प्रतिक्रिया