समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु, चालक घाइते

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु, चालक घाइते

नेपालखबर
बैशाख २६, २०८३ शनिबार १४:३२, नवलपरासी

नवलपरासीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। 

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-९ थुम्सीमा ना.७ ख ८६२१ नम्बरको टिपरले ठक्कर दिँदा लु.४१ प ९२३७ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा देवचुली नगरपालिका-१० बस्ने ३५ वर्षीया जमुना गिरी थापा छिन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad