त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरु च्याम्पियनसिपमा दावाल िमिलन क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो।
आर्मीले पहिलो सेटमा दावालीलाई २५–२० ले हराएको थियो। निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा आर्मीले २५–२१ र तेस्रो सेटमा २५–२१ ले हराएको हो।
आजै भएको पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले न्युटन भलिवल एकेडेमीलाई ३–० को सोझो सेटमा पाखा लगायो। पुलिसले न्युनटनलाई २५–१६,२५–१७ र २५–१६ ले पाखा लगाएको हो।
यसअघि आजै भएको महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन्।
15
Shares
प्रतिक्रिया