सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हजले कप्तान दीपेन्द्र सिंह ऐरीले अस्ट्रेलियाका ग्लेन म्याक्सवेलसँग तुलना गरेका छन्।
आइतबार चितवनसँगको खेलपछि पत्राकारसँग कुरा गर्दै उनले कप्तान दीपेन्द्रसिंह ऐरी बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा धेरै राम्रो रहेको बताए।
मेन्टर ब्राड हजले ग्लेन म्याक्सवेलको जस्तो हिटिङ पावर दीपेन्द्रमा रहेको बताए। दीपेन्द्रसँग बिग बास र आईपीएलजस्ता क्रिकेट लिग खेल्ने क्षमता रहेको भन्दै प्रसंशा गरे।
आइतबार चितवनसँग मिडल अर्डरमा छिट्टै विकेट गुमाउँदा जित्न कठिन भएको बताए। सुदूरपश्चिममा धेरै अनुभवी र क्षमतावन् खेलाडी रहेकाले आफ्नो टोली राम्रो रहेको उनको भनाइ छ।
ब्राडले टी–२० क्रिकेटमा सधैं एकै अवस्था नहुने भएकाले प्लेअफमा पुग्न हरेक दिन राम्रो प्रदर्शन गर्नुपर्ने औंल्याएका छन्।
सन् २०१४ को विश्वकप खेलेपछि नेपाली क्रिकेट दिनप्रतिदिन उकाले लागेको पनि बताए । नेपाली क्रिकेटको क्रेज देख्दा धेरै खुसी लागेको उनको भनाइ छ।
चितवनका अलराउण्डर लोफ्टी इटनले आफ्नो टोलीको लक्ष्य अंकतालिकाको शिर्ष स्थानमा रहने भएको बताए।
सुदूरपश्चिम रोयल्समाथि जितपछि पत्रकार सम्मेलनमा लोफ्टीले आगामी तीन खेल कठिन भए पनि आफ्नो टोलीको लक्ष्य शिर्ष स्थानमा पुग्ने नै रहेको सुनाए।
आजको जस्तो खेले आगामी खेलमा राम्रो नतिजा आउने उनको विश्वास छ।
एसोसिएट राष्ट्रमा आफ्नो लागि क्रिकेट खेल्ने सबैभन्दा राम्रो स्थान नै नेपाल रहेको उनी बताउँछन्। नेपालमा खेल्न आफूलाई मनपर्ने र आज बिहान मात्र कप्तान कुशलसँग यसबारे कुरा भएको उनले बताए।
उनले हसन इसाखिल र रवि बोपाराको राम्रो ब्याटिङका कारण १६० रनको योगफल बनाउन सफल भएको पनि बताए।
रवि र सोहेल खानको अनुभवले टोलीलाई सहज बनाएको र उनीहरूका कारण ड्रेसिङ रुमको माहोल राम्रो भएको लोफ्टीको भनाइ छ।
सुदूरपश्चिमको मिडल अर्डरलाई रञ्जित कुमार, कुशल मल्ल र मैले आउट गदै खेलमा आफ्नो पक्षमा पा¥यौं।
लोफ्टीले कप्तान कुशलको प्रसंशा गर्दै शान्त, संयमित रहेको र उनको कप्तानी पनि राम्रो रहेको बताए।
Shares

प्रतिक्रिया