खेल


सुदूरपश्चिमले भित्र्यायाे अमेरिकी अलराउन्डर हरमित सिंह

सुदूरपश्चिमले भित्र्यायाे अमेरिकी अलराउन्डर हरमित सिंह

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १८:८, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको छ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका छन्। 

उनले २३ टी२० आई र १० ओडीआई खेलेका छन्। भारतबाट यू१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो भएको छ।

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिमले लिगको ४ खेलमा ३ जितसहित ६ अंक जोडिसकेको छ।

टोली : दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), दिल्प्रित सिंह बज्वा (क्यानडा), हरमित सिंह (अमेरिका)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad