नेपाली युवा बक्सर अविरल घिमिरे किक बक्सिङमा तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ जित्न सफल भएका छन्।
उनले जापानको ओसाकामा आइतबार सम्पन्न ‘के वन क्रस १७५’को उपाधि चुमेका हुन्। उनले प्रतियोगितामा जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा पराजित गरे।
‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा प्रतिष्ठित प्रतियोगिता मानिन्छ। सो अन्तरराष्ट्रिय खेल हेर्ने जापानमा रहेका नेपाली तथा जापानीको उल्लेखनीय सहभागीता रहेको थियो।
प्रतियोगिताका लागि बक्सर अविरलले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका थिए।
‘के वन क्रस १७५’को उपाधि हात पार्नु नेपाल र मेरो लागि ऐतिहासिक क्षण हो । यसका लागि मेरा पिता एवं प्रशिक्षक कराँते खेलाडी देवलाई विशेष धन्यवाद दिन चाहन्छु। मेरो खेल हेर्न हलमा सहभागी भएका नेपाली र जापानी खेलप्रेमीलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो खेलयात्रा जारी रहने छ,’ उपाधि जितेपछि उनले भने। रासस
Shares

प्रतिक्रिया