त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा राखियो हाइ मास्ट लाइटको टावर ठड्याइएको छ।
आज क्रेनको सहायतामा स्टेडियम बत्ती राखिने टावर राखिएको हो। फ्लडलाइट जडानसँगै मैदानमा रात्रिको समयमा समेत खेलाउन सकिनेछ।
यसका टावरहरु जडान गरेर सिंगो टावरलाई क्रेनको सहायतामा उठाइएको हो।
मैदानमा सरकारले फ्लडलाइट जडान र प्यारापिटको काम अगाडि बढाएको थियो।
प्यारापिट निर्माणको ठेक्का पाएको बीकेओआई–बीजी जेभीले सम्झौता अनुसार सबै कुर्सी जडान गरिसकेको छ।
फ्लडलाइट जडानका लागि जमिनमा ४ वटा पोल जोडिसकिएको छ। सोमध्ये एउटा पोल ठड्याइएको हो।
291
Shares

प्रतिक्रिया