खेल


सुदूरपश्चिमले पावर प्लेमै गुमायो चार विकेट

सुदूरपश्चिमले पावर प्लेमै गुमायो चार विकेट

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १६:३५, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको हो। सुदूरपश्चिमका दुवै प्रारम्भिक ब्याटर जोस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए।

त्यसलगत्तै क्रिस लिन दुई रन बनाएर आउट भए भने चौथो विकेटको रुपमा ईशान पाण्डे ११ रनमा आउट भए।

काठमाडौँका कप्तान करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। उनले दुई ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। त्यस्तै, काठमाडौँका लागि मिलिन्द कुमारले एक विकेट लिए। 

सुदूरपश्चिमले ६ ओभरमा चार विकेटको क्षतिमा २७ रन मात्रै बनायो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad