सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजका हुन्। लुम्बिनीको यो तेस्रो खेल हो। यअसघिका दुई खेलमा लुम्बिनीले एक जितेको थियो भने एक हारेको थियो। लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजलाई जितेको थियो।
काठमाडौँ आज चौथो खेलमा छ। यसअघिका दुई खेल हारेको छ भने एक खेल जितेको छ। जनकपुर बोल्ट्ससँग जितेको काठमाडौँले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो।
काठमाडौँले आजको खेलमा दुई परिवर्तन गरेको छ। रिकार्डो भान्सेन्सोलेसको स्थानमा मिलिन्द कुमार र प्रतिक श्रेष्ठको स्थानमा दिपेश कँडेल सुरुवाति ११ मा आएका छन्।
लुम्बिनीले भने एक परिवर्तन गरेको छ। समिर अलीको स्थानमा तिलक भण्डारी सुरुवाति ११ मा परेका छन्।
काठमाडौँ गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरसमस र जोहन सिम्पसन।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी सर्ट, गुल्बदिन नइब, रुबेन ट्रम्पलम्यान र जोनाथन स्मिथ।
Shares

प्रतिक्रिया