खेल


अस्ट्रेलियाविरुद्ध जिम्बाब्वेको २३ रनको जित

अस्ट्रेलियाविरुद्ध जिम्बाब्वेको २३ रनको जित

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १५:६, काठमाडौँ

भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। 

कोलम्बोमा भएको खेलमा पहिले ब्याटिङ गरेको जिम्बाब्वेले दुई विकेट मात्र गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो। 

१७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो। 

जिम्बाब्वेको जितमा ६४ रनको योगदान गरेका ओपनर ब्रायन बेनेट नटआउट रहे। अर्का ओपनर तादिवानाशे मारुमानीले ३५, ¥यान बर्लले ३५, कप्तान सिकन्दर राजाले २५ रनको योगदान गरे। अस्ट्रेलियाले १० रन उपहार दिएको थियो। 

अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरन ग्रिनले समान १ विकेट लिए पनि अरुले सकेनन्। 

अस्ट्रेलियाका म्याट रेनशले ६५ रनको योगदान गरे पनि जिताउन सकेनन्। उनीबाहेक ट्राभिस हेडले १७ र ग्लेन म्याक्सवेलले ३१ रन बनाए। बाँकी खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्। जिम्बाब्वेका ब्लेसिङ मुजराबानीले ४, ब्राड इभान्सले ३ र वेलिङटन मासाकाद्जा तथा ¥यान बर्ललले समान १ विकेट लिए। 

जिम्बाब्वेसँगको हारपछि अस्ट्रेलियाको २ अंक मात्र भएको छ। अस्ट्रेलिया ग्रुप बीको तेस्रो स्थानमा छ। यसमा श्रीलंका र जिम्बाब्वे ४÷४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। आयरल्यान्ड र ओमानले भने दुवै खेलमा पराजय व्यहोरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad