खेल


आज नेपाललाई यूएईविरुद्धको सिरिज बराबरी गर्ने अवसर, हुन सक्छ खेलाडी परिवर्तन

आज नेपाललाई यूएईविरुद्धको सिरिज बराबरी गर्ने अवसर, हुन सक्छ खेलाडी परिवर्तन

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार ८:३६, काठमाडौँ

घरेलु मैदानमा जारी यूएईविरुद्धको टी-२० आई सिरिजमा आज (मंगलबार) नेपाल दोस्रो खेल खेल्दै छ। 

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ। 

पहिलो खेलमा डिएल मेथडमा ६ विकेटले हारेको नेपाली क्रिकेट टोलीलाई आज दुई खेलको सिरिज बराबरी गर्ने मौका छ। 

त्यसका लागि आज नेपाली टोलीले पहिलो खेलमा गरेका गल्ती सुधार गर्नुपर्ने हुन्छ। 

पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपाली टोलीले यसलाई सच्याउनु पर्नेछ। 

पहिलो खेलमा नेपालले पावर प्लेमै ३ विकेट गुमाएको थियो।

नेपालका ४ ब्याटर क्याच आउट हुँदा दुई ब्याटर एलबीडब्लु धरापमा परे।

ओपनर अर्जुन बोल्ड र कुशल भुर्तेल रन आउट भए। 

नेपालले आजको खेलमा सम्हालिएर ब्याटिङ गर्नुपर्नेछ।

किनकि यूएईको टोलीको फिल्डिङ उत्कृष्ट देखिएको छ।

यसैले नेपाललाई सिरिज बराबरी गर्न चुनौती छ। 

पहिलोपटक दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रेको नेपाली टोलीको फिल्डिङ कमजोर रह्यो।

बलिङमा बलरहरूले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे पनि फिल्डिङमा समस्या देखिएको थियो।

टी-२० आईमा डेब्यु गरेका हेमन्त धामी सोमबारको खेलमा महँगा साबित भए।

मुख्य प्रशिक्षक स्टुआर्ट लले आजको खेलमा केही खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad