आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत रुवान्डाविरुद्धको खेलमा जितका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ८९ रनको लक्ष्य पाएको छ।
बुधबार रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल ‘बी’मा टस जितेर ब्याटिङ गरेको घरेलु टोली दुई बल अगावै ८८ रनमा अलआउट भयो।
घरेलु टोलीका लागि एलिज इकुज्वेले १७ र मेभिले उवासेले १५ रन बनाइन्। क्लारिस उवासेले १३ र रोजिन इरेराले १२ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

रुवान्डालाई कम स्कोरमा रोक्न नेपालका लागि रचना चौधरीले तीन विकेट लिइन्। पूजा महतो र कविता कुँवरले समान दुई विकेट लिए। मनिषा उपाध्याय र रिया शर्माले एक-एक विकेट आफ्नो नाममा गरे।
नेपाली महिला टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
33
Shares

प्रतिक्रिया