दोस्रो एक दिवसीय खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई जितका लागि २६५ रनको लक्ष्य दिएको छ।
सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ‘ए’ टोली २६४ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले १११ रनको योगदान दिए। ११५ बलमा १११ रन बनाएका सन्दीप रुसिल उगारकारको बलमा क्याच आउट हुन पुगे।
बसिर अहमदले ३८ र मयन यादवले २४ रन बनाए। पवन सर्राफले २० र नारायण जोशीले १६ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
अमेरिकाका लागि सौरभ नेत्रवल्करले तीन विकेट लिए। उनले आठ ओभरमा २१ रन खर्चे। जसदीप सिंहले दुई विकेट लिए। शुभम रजाने, मोहम्मद माहसिन, मिलिन्द कुमार र रुसिल उगारकारले समान एक विकेट लिए।
अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
54
Shares

प्रतिक्रिया