साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज आइतबार नेपाल र श्रीलंका भिड्दै छन्।
भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा हुने खेल पौने ५ बजे सुरु हुनेछ।
साफ च्याम्पियनसिपमा श्रीलंकाले अहिलेसम्म नेपाललाई हराउन सकेको छैन। नेपाल श्रीलंकामाथि आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहान्छ।
नेपालले आजको खेलमा श्रीलंकालाई बराबरीमा रोकेपनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ।
समुह चरणको पहिलो खेलमा भुटानमाथि १–० को साघुँरो जित निकालेको नेपाल श्रीलंकालाई हराउँदै समुह विजेताको रुपमा अन्तिम चारमा पुग्ने योजनामा छ।
समूह चरणमा भएको खेलमा भुटानले भने श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराएको थियो।
आजै हुने अर्को खेलमा भारत र बंगलादेश आमनेसामने हुँदै छन्।
3
Shares

प्रतिक्रिया