खेल


आईपीएलको फाइनल आज, साबिक विजेता रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग भिड्दै गुजरात टाइटान्स

आईपीएलको फाइनल आज, साबिक विजेता रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग भिड्दै गुजरात टाइटान्स

नेपालखबर
जेठ १७, २०८३ आइतबार १४:१३, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि आज राति साबिक विजेता रोयल च्यालेन्जर्स ब्यांग्लोर र गुजरात टाइटन्स भिड्दै छन्।

अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। 

पहिलो क्वालिफायरमा गुजरातलाई ९२ रनले हराउँदै ब्यांग्लोरले फाइनलमा स्थान बनाएको थियो।

पराजित गुजरातले भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा ब्यांग्लोरसँगको भेट पक्का गरेको थियो।

१८ वर्षपछि आईपीएलको उपाधि उचालेको ब्यांग्लोर लगातार दोस्रो पटक उपाधि उचाल्न चाहन्छ।

आईपीएलको पछिल्लो ८ संस्करणलाई हेर्ने हो भने पहिलो क्वालिफायर जित्ने टोलीले नै उपाधि जितिरहेको इतिहास छ। त्यसैले यो पटक ब्यांग्लोरको नजर उपाधि रक्षामा छ। 

यता गुजरात भने पावर प्ले मा कागिसो रवाडा र मोहम्मद सिराज आक्रामक प्रदर्शन गर्ने रणनीतिमा कडा मिहिनेत गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad