सुदूरपश्चिम


ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान्-श्रीमतीकै मृत्यु

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान्-श्रीमतीकै मृत्यु

नेपालखबर
चैत ५, २०८२ बिहिबार ९:१६, कञ्चनपुर

कैलालीमा ट्रकले ठक्कर दिँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।

बुधबार राति कैलारी गाउँपालिका ५ बजैपुरमा ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा रहेका दम्पतीकै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कैलारी गाउँपालिका ५ का कलसु चौधरी र उनकी श्रीमती  सेतानु चौधरीको मृत्यु भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएमामा सेतानुलाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।

घाइते कलसु चौधरीको भने उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

गोरुगाडाका दुई गोरुमध्ये एउटा मरेको छ भने अर्को घाइते भएको छ।

ट्रक चालक धनगढी उपमहानगरपालिका ३ बोराडाँडीका ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad