सुदूरपश्चिम


टिपरको ठक्करबाट एक जनाको मृत्यु, अर्का घाइते

टिपरको ठक्करबाट एक जनाको मृत्यु, अर्का घाइते

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार २०:१७, कञ्चनपुर

कञ्चनपुरमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 

शुक्रबार दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारस्थित सुपप्र ०२००१ ख ०५९८ नम्बरको टिपरले युके ०६ एस ७९३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

दुर्घटनामा परेर दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक सोही ठाउँका नरेश लुहार घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नरेशको बाँया खुट्टामा चोट लागेको छ। उनलाई उपचारको लागी आफन्तले भारतको खटिमा लगेका छन्।

टिपर चालक वेदकोट नगरपालिका ५ धरमपुरका जितबहादुर चौधरी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad