ad ad

गण्डकी


रासस कार्यालयमा चोरी प्रयास गर्ने दुई जना पक्राउ

रासस कार्यालयमा चोरी प्रयास गर्ने दुई जना पक्राउ

नेपालखबर
फागुन ७, २०७९ आइतबार २०:२७, काठमाडौँ

राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुईजना पक्राउ परेका छन्।

पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले जानकारी दिए।
 

घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुरअन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन्। 

शुक्रबार राति १ः३० बजेको समयमा कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो। प्रहरीले घटनाबारे थाहा हुनासाथ अनुसन्धान थालेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .