रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार लम्सालले ५७ हजार ३९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा बहादुर केसी ले १२ हजार ४४७ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ८ हजार ६४१ मत प्राप्त गर्दा नेकपा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाएका छन्।
यस निर्वाचन क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको थियो। रास्वपाका लम्सालले प्रतिस्पर्धी उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।
यसअघि रुपन्देही २ मा शुलभ खरेल, ३ मा डा लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिक अहमद खान रास्वपाबाट विजयी भैसकेका छन्।
Shares

प्रतिक्रिया