नेपाल भ्रमणमा रहेको सांसदको टोलीले आज (शुक्रबार) परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ।
युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वको भ्रमण टोलीले बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेको हो।
भेटवार्तामा नेपाल र युरोपेली युनियनबीच पर्यावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, लगानी र विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले गरेको तयारीलगायत दुई पक्षबीच जारी सहकार्यका विषयमा छलफल भएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार यस क्रममा महामारीपछि पर्यटन क्षेत्रको पुनर्स्थापना र नागरिक उड्डयनलगायत विषयमा पनि कुराकानी भएको थियो।
नेपाली जहाजलाइ युरोपेली आकाशमा प्रतिबन्ध लागेको ८ वर्ष बितिसकेको छ। नेपालले प्रतिबन्ध हटाउन आग्रह गरिरहेको भए पनि युरोपेली युनियनले सकारात्मक जवाफ दिएको छैन।
नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेको युरोपेली संसदीय टोलीले आएको दिन नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको थियो।
Shares

प्रतिक्रिया