राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ।
असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ। २०७२ सालको असोज ३ मा संविधान जारी भएसँगै हालसम्म असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ।
तर मधेसवादी राजनीतिक दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने काठमाडौँमा शीरमा कालोपट्टी बाँधेर विरोध जनाएर मनायो। मधेसीहरूमाथि गोली हानेर संविधान जारी गरिएकाले कालो दिवसको रुपमा मनाएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका नेता केशव झाको आरोप छ।
अब संविधान संशोधन मात्रैले नपुग्ने भन्दै संविधान पुनःलेखन गर्नुपर्ने उनको माग छ। संविधान अपुरो रहेसम्म आन्दोलन जारी रहने पनि उनले बताए।
123
Shares

प्रतिक्रिया