नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानी छानी आफ्नो घरमा प्रहार गरिएको र लुटपाट गरिएको बताएका छन्।
बुधबार भक्तपुरको बालकोटस्थित जेनजी आन्दोलनका बेला जलाइएको आफ्नो घर हेर्न पुगेका उनले ठूला–ठूला मुर्ति उठाएर लगेको भन्दै आफू आश्चर्यमा परेको समेत उल्लेख गरे।
ओलीले धेरै पहिलेदेखि नै लक्षित गरेर आफ्नो घरमा आगजनी गरिएको समेत दाबी गरे।
यस्तो छ ओलीको भनाइ :
मैले यहाँ धेरै भन्नुपर्ने केही छैन। तस्बिर आफैं बोलिराख्या छ। जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ। लुटिएको छ। यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ। केही टनका ढुंगाका मुर्तिहरु थियो त्यहाँ। त्यहाँ शिवको मुर्ति थियो, बुद्धको मुर्ति थियो, स्वरसती मुर्ति थियो।
त्यस्तो खालको सामान समेत चोरी भएको छ भने अरु त मामुली भयो। उनीहरुलाई काम नलाग्ने चिज आगो लगाइएको छ। सबै चिज उठाइएको छ। उनीहरुलाई काम नलाग्ने चिज मात्रै छोडिएको छ। कुनै किमती चिज पनि छोडिएको छैन।
त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो। यसअघि पनि पटक–पटक त्यो प्रयास गरिएको थियो। मेरो मात्रै होइन, देशभरी जलाइएको छ। देशभरी कार्यालय जलाइएको छ। एमालेका नेताका खोजी खोजी घर चलाइएको छ।
Shares

प्रतिक्रिया